• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Main News Source.. Click here

१४ वैशाख, काठमाडौं । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले वर्तमान पर्यटनमन्त्री हितबहादुर तामाङलाई आफ्ना अनुभवसहितको सुझाव बुझाएका छन् ।

किराँतीले पूर्व मन्त्रीका रुपमा आफूले देखेको र गरेको अनुभवसँगै बढाएका कार्ययोजनाका आधारमा सुझाव पत्र बुझाएको बताएका छन् ।

उनले प्रकृति र संस्कृतिको समायोजन गरी स्थानीय स्वाद र स्वामित्व सहित पर्यटनको विकास गर्न सुझाव दिएका छन् ।

प्रकृति, संस्कृति र साहसिक गतिविधिको संयोजनबाट मात्र नेपालको पर्यटन विकास सम्भव भएको उनको भनाइ छ ।

शुक्रबार दिउँसो मन्त्रालयमा मन्त्री तामाङलाई भेटी लिखित रूपमा उनले सुझाव हस्तान्तरण गरेका हुन् ।

उनले युनेस्को विश्व सम्पदा, हिमाल र हिमशृङ्खलालाई पर्यटन गौरव घोषणा गर्न आग्रह गरे ।

ताल, ट्रेक र पदमार्ग, सर्किट, वन्यजन्तु आरक्ष तथा निकुञ्ज, धार्मिक सांस्कृतिक केन्द्रहरू) को प्रवर्द्धनमा उनले जोड दिए । रैथाने संस्कृति र ज्ञान (भाषा, गीत, संगीत, खाना, पहिरन र सिप) को ब्रान्डिङ गर्न उनले सुझाव दिएका छन् ।

चार ऋतुहरुको ‘ब्रान्डिङ’, नयाँ सम्पदा” निर्माण, विज्ञान तथा प्रविधिको भरपूर सदुपयोग, दुई वा दुईभन्दा बढी धर्मका साझा स्थल समेटेर बहुसांस्कृतिक र बहुधार्मिक महारेखा निर्माण गर्न समेत उनले सुझाव दिएका छन् ।

जयवायु परिवर्तनद्वारा सिर्जित असरलाई पर्यटकीय उपजमा परिणत गरी नेपालका पक्षमा विश्व जनमत निर्माण गर्न ग्लोबल वार्मिङ टुरिजमको विकास गर्न समेत सुझाव दिइएको छ ।

उनले संघीय संस्कृति नीति यथाशिघ्र मन्त्रिपरिषदबाट पारित गराउन, पर्यटन ऐन संशोधन तत्काल संसद पठाउन, अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपले सञ्चालन गर्न तथा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पीपीपी मोडेलमा लैजान र वायु सेवा निगमको पुनर्संरचना गर्दै करार व्यवस्थापनमा लैजान सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

Adblock test (Why?)